Logo २३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026


राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत लगियो


117
Shares

काठमाडाैं । गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभाग पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगिएको छ।

गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली २०८३ स्वीकृत गर्दै राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगेको हो। स्वीकृत नियमावली अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यक्षेत्र पनि विस्तार भएको छ। अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत ४८ निकाय तथा कामका क्षेत्र परेका छन्।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७५ फागुन १६ गते राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लाउनुभएकाे थियाे । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले २०८२ साल असोज ९ गते पुनः मन्त्रालयमै फर्काइएको थियो।

राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय र सम्पत्ति शुद्धीकरण राजस्व अनुसन्धान विभाग अर्थमन्त्रालयमा फर्काइएको थियो। अहिले राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री कार्यालय मातहत लगिएको हो।