काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल राजीनामा दिन सुझाव दिनुभएकाे छ।
अध्यक्ष राईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहले संसदीय मर्यादा र लोकतान्त्रिक थिति बसाउन नसकेको भन्दै ४ वटा मुख्य कारण अघि सार्दै राजीनामा माग गर्नुभएकाे हाे । उहाँले प्रधानमन्त्री शाहले संसद र सार्वभौम जनताको अपमान गरेको टिप्पणी गर्नुभएकाे छ ।
यो घटनाले संसदीय अभ्यासको इतिहासमा कालो धब्बा लगाएको उहाँकाे ठहर छ। जनताको सार्बभौम सदनलाई अपमान गरेर त्यही संसदबाट चुनिएको प्रधानमन्त्री शाहले कुन नैतिकताको आधारमा आफूलाई प्रधानमन्त्री ठानिरहेको छ भन्दै प्रश्न समेत गर्नुभयाे । आफ्नो धारातल बिर्सेर जनताका प्रश्नहरुको उत्तर दिन नसक्ने लुकेर बस्ने के प्रवृति हो यो यसले कस्तो नजीर बसाउँछ भन्दै उहाँले प्रतिप्रश्न समेत गर्नुभएकाे छ ।
अध्यक्ष राईले संसदलाई छलेर अध्यादेशको बाटो हिँड्ने सरकारलाई संसदको औचित्य र शक्ति याद दिलाउनुपर्ने देखिएको समेत बताउनुभयाे ।











प्रतिक्रिया दिनुहोस्