काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाव किङ्ग्सलाई पराजित गरेकाे छ ।
भारतकाे धर्मशालामा बिहीबार राति भएकाे खेलमा मुम्बई पञ्जावलाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले ८ विकेट गुमाएर २ सय रन बनाएको थियो । पञ्जावले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेकाे छ। मुम्बईको जितमा तिलक बर्माले अविजित रहँदै ३३ बलमा ७५ रन बनाएका थिए ।
आईपीएल क्रिकेटमा लगातारको ६ जितपछि करिब ३ हप्तासम्म शीर्षस्थानमा रहेको पञ्जावले लय गुमाएको हो । त्यसपछि पञ्जाव लगातार ५ खेल हारिसकेको छ । अंक तालिकामा पञ्जाव १२ खेलमा १३ अंकका साथ तालिकाको चौथो स्थानमा छ । मुम्बई समान खेलमा ८ अंकका साथ तालिकाको नवौं स्थानमा रहेकाे हाे ।
आईपीएल क्रिकेटमा शुक्रबार राति पौने ८ बजेदेखि लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्गसबीच प्रतिस्पर्धा हुने भएकाे छ।










प्रतिक्रिया दिनुहोस्