काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संसदमा प्रश्तुत सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र साहले नै दिनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभामा बिहीवार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले सरकार प्रमुखले आफ्नै नीति तथा कार्यक्रममाथिको बहस नसुन्नु संसदको मर्यादा र संसदीय परम्परा विपरित भएको बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सांसदहरूको धारणा प्रत्यक्ष नसुनेपनि सांसदहरुले उठाएको प्रश्नको जवाफ भने दिनुपर्ने बताउनु भयो ।
यदी प्रधानमन्त्री उत्तर दिन पनि उपस्थित भएमा श्रम संस्कृति पार्टीले संसद बहिस्कार गर्ने चेतावनी दिनुभयो । प्रधानमन्त्रीको अनुपस्थितिमाथि व्यंग्य गर्दै राईले आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर नहुने बताउनु भयो ।
उहाँले देश विकास गर्न गफले मात्रै नहुने बताउनु भयो । उहाँले सरकार लगायत सबैले आफ्नो कर्तव्य पुरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नीति तथा कार्यक्रममा सबै सांसदहरुको सुझाव समेट्नुपर्ने भएपनि एकलौटी ल्याइएको गुनासो गर्नुभयो ।
नीति तथा कार्यक्रममा संसदमा पर्याप्त छलफल हुन नसकेको उहाँको भनाई छ । उहाँले नीति तथा कार्यक्रममा नीति र कार्यक्रमको बारेमा स्पष्टता नदेखिएको आरोप लगाउनु भयो ।










प्रतिक्रिया दिनुहोस्