Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


न्युजिल्यान्डद्वारा आगामी जुनमा हुने फिफा विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा

न्युजिल्यान्ड तेस्रो पटक विश्वकपमा सहभागी हुँदै

0
Shares

काठमाडौं । न्युजिल्यान्डले फिफा विश्वकप–२०२६ का लागि अन्तिम टोली घोषणा गरेको छ ।

न्युजिल्यान्डले बिहीबार २६ सदस्यीय टोली घोषणा गरेको हो । यस पटकको विश्वकप अमेरिका, मेक्सिको र क्यानाडामा आगामी जुन १२ तारिखबाट शुरु हुने भएकाे छ । न्युजिल्यान्डले तेस्रो पटक विश्वकपमा सहभागिता जनाउने भएकाे हाे । यसअघि टोलीले सन् १९८२ /२०१० मा विश्वकप खेलेको थियो ।

न्युजिल्यान्डले ओसियाना क्षेत्र छनोटको शीर्ष स्थानमा रहँदै १६ वर्षपछि विश्वकपमा पुनरागमन गरेको हो । समूह ‘जी’ मा न्युजिल्यान्ड, बेल्जियम, इजिप्ट र इरान रहेका छन् । न्युजिल्यान्डले जुन १५ तारिखमा इरानसँग खेल्दै विश्वकपको शुरुवात गर्ने भएकाे हाे । न्युजिल्यान्डले जुन २१ तारिखमा इजिप्ट र जुन २६ मा बेल्जियमको सामना गर्ने भएकाे छ ।

साथै गोलकिपरमा म्याक्स क्रोकोम्ब, एलेक्स पाउलसेन, माइकल वाउड डिफेन्डरः टेलर बिनडन, माइकल बोक्सल, लिबेराटो काकास, फ्रान्सिस डे उरिएस, क्यालन इलिएट, टिम पाएने, नान्दो पिजिनाकर, टोमी स्मित, फिन सुर्मान मिडफिल्डरः लाचलन बाएलिस, जोए बेल, एलेक्स रुफर, मार्को स्टामेनिक, रायन थोमस फरवार्डः कोस्टा बार्बरोसेस, म्याट गार्बेट, एली जस्ट, क्यालुम म्याककोवाट, बेन ओल्ड, जेसी रान्डल, सर्प्रित सिंह, बेन वायन र क्रिस उड रहेकाे न्युजिल्यान्डले जनाएकाे हाे ।