Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


प्रधानमन्त्री शाहले संसदलाई कमजोर बनाउने प्रयास गरेकाे कांग्रेसकाे आराेप

प्रधानमन्त्रीलाई पुन: संसदमा उपस्थितका लागि रूलिङ गर्न सभामुख अर्यालसँग आग्रह

195
Shares

काठमाडाैं । नेपाली कांग्रेसले दुई तिहाई संख्याको आडमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री शाह संसदप्रति जिम्मेवार नभएको आरोप लगाउनुभएको हो । उहाँले प्रधानमन्त्री शाह स्वयंले संसदलाई बेवास्ता गरेर लोकतान्त्रिक मूल्य र संसदीय अभ्यास कमजोर बनाइरहेको बताउनुभयो । उहाँले संसद गुरुकुल र विश्वविद्यालय जस्तो हुनुपर्ने भन्ने सत्तापक्षका संसद मनिष झाको अभिव्यक्तिलाई उद्धृत गर्दै प्रधानमन्त्री शाहले विश्वविद्यालय समान संसदको बंक हान्न थालेको बताउनुभएकाे छ ।

सचेतक राईले प्रधानमन्त्री संसदबाट केही सय मिटर दूरीमै रहेको कार्यालयमा उपस्थित हुँदाहुँदै पनि नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित हुनु दुःखद् भएको उहाँको तर्क गर्नुभएकाे छ। नीति तथा कार्यक्रमलाई देशको रोडम्याप भएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री कै कारण यसमाथी पर्याप्त छलफल हुन नसकेको बताउनुभयो । प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रका लागि शुभ संकेत नभएको उहाँको भनाइ छ ।…

सचेतक राईले सभामुख डीपी अर्यालसँग प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित हुन रुलिङ गर्न पुन: ध्यानाकर्षण गराउनुभयो ।