Logo ३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026


प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त


403
Shares

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारी नियुक्त भएका छन् ।

सभामुख डोलप्रसाद अर्यालको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन् ।

उनीसँग निजामती सेवामा २४ वर्षको अनुभव छ । अधिकारी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् । यसअघिका सचिव हर्कराज राई मंगलबार पदमुक्त भएका थिए ।