Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


घट्याे आज सुनकाे मूल्य


26
Shares

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

मंगलबार तोलामा चार हजार चार सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार सात सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। मंगलबार सुन प्रतितोला तीन लाख दुई हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ। चाँदी मंगलबार प्रतितोला पाँच हजार ६ सय ९५ रूपैयाँमा कारोबार भएको थियाे । चाँदी बुधबार तोलामा पाँच हजार सात सय १० रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला १५ रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार सात सय अमेरिकी डलरमा कारोबार भइरहेको महाशाखाले जनाएकाे छ।