Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


अमेरिकाले इरान युद्धमा २९ अर्ब डलर खर्च गरेकाे तथ्यांक सार्वजनिक


0
Shares

एजेन्सी । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धमा अहिलेसम्म २९ अर्ब डलर खर्च भएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व र सैन्य तयारीमा यसको प्रभावको बारेमा बढ्दो छानबिनको सामना गर्नुपरिरहेकाे समयमा यस्तो तथ्यांक सार्वजनिक भएको हो । क्यापिटल हिलमा बजेट सुनुवाइको क्रममा रक्षा विभागले यस्तो तथ्यांक सार्वजनिक गरेको छ। नयाँ तथ्यांक दुई साता अघि रक्षा सचिव पिट हेगसेथले प्रस्ताव गरेको अनुमान भन्दा करिब चार अर्ब डलर बढी हो।

हेगसेथ र ‘ज्वाइन्ट चिफ्स अफ स्टाफ’का अध्यक्ष जनरल डनकेनले पेन्टागनका वित्त प्रमुख जुल्स हर्स्ट तृतीयसँग सन् २०२७ का लागि १ दशमलव ५ ट्रिलियन डलरको बजेट अनुरोधमा बहस भइरहेका समय उनीहरूलाई युद्धको खर्च सार्वजनिक गर्न आवाज उठेको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले तेहरानको पछिल्लो शान्ति प्रस्तावलाई अस्वीकार गरेपछि युद्धविरामलाई ‘मानवीय जीवनका लागि सहयोग’ का रूपमा राखिएको चेतावनी दिनुभएकाे छ ।