Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


प्रधानमन्त्री शाहले आज पहिलो पटक संघीय संसद बैठकमा बाेल्दै (कार्यसूचीसहित)

नीति तथा कार्यक्रममाथिकाे छलफलमा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

65
Shares

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने तय भएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि शाह पहिलो पटक बुधबार बिहान ११ बजे बस्ने संसद बैठकमा बाेल्न लाग्नुभएको हाे । प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरु हुने भएकाे छ। संघीय संसद सचिवालयले जारी गरेको सूचना अनुसार नीति तथा कार्यक्रममाथि बुधबार छलफल हुने भएकाे हाे ।

बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ। छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री शाहले जवाफ दिएपछि सभामुख डोलप्रसाद अर्यालले नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गर्ने समेत कार्यसूचीमा रहेकाे हाे ।

त्यस्ते, राष्ट्रियसभाकाे बैठक पनि बुधबारै मध्याह्न सवा १२ बजे बस्ने भएकाे छ ।