काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेकाे छ ।
अहमदावादमा मंगलबार राति भएकाे खेलमा गुजरातले हैदरावादलाई ८२ रनकाे फराकिलाे अन्तरले पराजित गर्दै विशाल जित हासिल गरेकाे हाे । टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले ५ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ६१ रन बनाएका छन्।
गुजरातले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको हैदरावाद १४ ओभर ५ बलमा ८६ रनमा अलआउट भयो । गुजरातका जेसन होल्डर र कागिसो रबाडाले ३/३ विकेट लिएका थिए । आईपीएल अंक तालिकामा गुजरात १२ खेलमा १६ अंकका साथ तालिकाको शीर्षस्थानमा पुगेका छ । हैदरावाद समान खेलमा १४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।
आईपीएल क्रिकेटमा बुधबार राति पौने ८ बजे रोयल च्यालेन्जर्स बैंगलाेर (आरसीबी) र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्