Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


भिरबाट खसेको ढुङ्गा लागेर वडा सदस्य मृत्यु


221
Shares

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–३ की वडा सदस्यको भिरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ।

मंगलबार साँझ करिब ५ः३० बजेतिर बुढीगंगा नगरपालिका–३ ताप्राकी ३७ वर्षीया कल्पना देवी थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनी बुढीगंगा नगरपालिका वडा नं. ३ की महिला वडा सदस्य समेत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी नरेश बहादुर शाहीले दिएको जानकारी अनुसार थापा वडा नं. ६ फालासैन बजारबाट घर फर्किने क्रममा माथिबाट अचानक खसेको ढुङ्गा लाग्दा पैदल बाटोबाट करिब ५० मिटर तल सडकमा खसेकी थिइन्। घटनाबारे स्थानीयले टेलिफोन मार्फत जिल्ला प्रहरी कार्यालय बाजुरालाई जानकारी गराएपछि प्रहरी चौकी बार्जुगाडबाट प्रहरीको घटनास्थल पुगेको छ ।

साथै जिल्ला प्रहरी कार्यालय बाजुराबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी शाहीले बताएका छन ।