काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।
सोमबार तोलामा चार सय रूपैयाँले घटेको सुनको मूल्य चार हजार चार सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला तीन लाख दुई हजार नौ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी सोमबार प्रतितोला पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी मंगलबार तोलामा पाँच हजार ६ सय ९५ रूपैयाँमा काराेबार भइरहेको छ।
यो मूल्य साेमबारको तुलनामा प्रतितोला तीन सय ५५ रूपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार सात सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।










प्रतिक्रिया दिनुहोस्