काठमाडौं । सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादकत्व वृद्धिका लागि नीतिगत सुधारसहितको नयाँ योजना अघि सारेको छ ।
सरकारले उत्पादन प्रणालीलाई प्रविधि र एग्रिटेक’मार्फत व्यवस्थित गर्दै कृषि क्षेत्रमा व्यापक रूपान्तरण गर्ने लक्ष्य लिएको राष्ट्रपति रामचनद्र पौडेलले सोमबार आगामी आर्थिक वर्ष २०८३/८४को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयाे ।
नयाँ नीतिअनुसार कृषि उत्पादनलाई उद्योग, प्रशोधन र बजारसँग सिधै जोडिनेछ । किसानले बाली लगाउनुअघि नै प्रमुख कृषि उपजहरूको न्यूनतम समर्थन मूल्य तोकिने र यस प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
किसानले आफ्नो उत्पादनको भुक्तानी सिधै बैंक खातामा पाउने व्यवस्था मिलाइने सरकारले घोषणा गरेको छ । यस्तै, न्यूनतम समर्थन मूल्यमा कृषि उपज खरिद गर्ने निजी कम्पनी तथा सहकारीहरूलाई सरकारले सहुलियत प्रदान गर्ने नीति लिएको छ ।










प्रतिक्रिया दिनुहोस्