काठमाडाैं । टर्किसको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको विमान अवतरणको क्रममा पांग्रामा आगलागी भएको छ ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा साेमबार बिहान पांग्रामा आगो लागेको हो । दमकल प्रयोग गरेर आगो तत्काल निभाईएको हुनाले क्षति हुन भने नपाएकाे विमानस्थल स्राेतले जनाएकाे छ । यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको र सबै २ सय ७७ यात्रुहरु सकुशल रहेको जनाइएकाे छ ।
विमान धावनमार्गमै रोकिएपछि विमानस्थलबाट हुने उडान र अवतरणहरु डेढ घण्टा प्रभावित भएका थिए । अहिले धावनमार्गबाट विमान हटाएर नियमित उडान सुचारु गरिएको विमानस्थल स्राेतले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्