काठमाडाैं । बार्सिलोनाले रियाल मड्रिडलाई २–० ले पराजित गर्दै यस वर्षको स्पेनिस लिग फुटबलको उपाधि जितेको छ ।
आइतबार राति घरेलु मैदानमा उपस्थित ६२ हजार समर्थकमाझ बार्सिलोनाले लिग उपाधि सुरक्षित गरेको हो । बार्सिलोनाको जितमा मार्कस रास्फोर्ड र फेरान टोरेसले एक गोल गरेका थिए। हारपछि रियाल मड्रिड यो सिजन पनि उपाधिविहीन भएको छ । ह्यान्सी फ्लिकको प्रशिक्षणमा रहेको बार्सिलोनाले यो जितसँगै ९१ अंक जोडेको हाे ।
जसमा दोस्रो स्थानको रियाल भन्दा १४ अंकको अग्रता रहेको छ । बार्सिलोनाले यो २९औं लिग उपाधि हो । लगातार दोस्रो पटक ला लिगाको उपाधि जित्न सफल बार्सिलोनाले यो सिजन कोपा डेल रेको उपाधि पनि जितेको छ ।










प्रतिक्रिया दिनुहोस्