Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


आईपीएल क्रिकेटमा गुजरात टाइन्टसकाे राजस्थान रोयल्समाथि शानदार जित


0
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रकेटमा गुजरात टाइन्टसले राजस्थान रोयल्समाथि ७७ रनको शानदार जित हासिल गरेको छ ।

सवाइमान सिंह क्रिकेट रंगशालामा शनिबार राति भएकाे पाहुना टोली गुजरातले प्रस्तुत गरेको २ सय ३० रनको विशाल लक्ष्य पछ्याएको राजस्थान १६ दशमलव ३ ओभरमा १ सय ५२ रनमै समेटिएकाे हाे। राजस्थानका रविन्द्र जडेजाले ३८, वैभव सुर्यवंशीले ३६ र धुव्र जुरेल २४ रन बनाए । दासुन शनकाले १६ र शुभम दुबेले १५ रन जोडेका थिए ।

गुजरातका रशिद खानले सर्वाधिक चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ३३ रन खर्चिए । जेसन होल्डरले तीन, कागिसो रबडाले दुई र मोहम्मद सिराजले एक विकेट लिएका थिए । यसअघि टस हारेर ब्याटिङका लागि आएको गुजरातले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २ सय २९ रनको योगफल खडा गरेको थियो ।

याे जितसँगै ११ खेलमा १४ अंक जोडेको गुजरात दोस्रो स्थानमा उक्लिएको छ । पराजित राजस्थान समान खेलबाट १२ अंकका साथ पाँचौं स्थानमा रहेकाे हाे ।