Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


प्रधानमन्त्री ओली र स्वीट्जरल्यान्डका राष्ट्रपति बेर्सेटबीच भेटवार्ता


0
Shares

सुरेन्द्रबहादुर नेपाली (रासस)

न्यूयोर्क, असोज ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा स्वीट्जरल्यान्डका राष्ट्रपति एलँ बेर्सेटसँग भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्रसंघको महासभाको ७३औं अधिवेशनमा सहभागी हुन प्रधानमन्त्री ओली तथा राष्ट्रपति बेर्सेट न्यूयोर्कमा छन् ।

सो अवसरमा दुईपक्षीय हित तथा चासोका विषयमा छलफल भएको स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले बताए ।

नेपालमा स्वीट्जरल्यान्ड सरकारको सहयोगका विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संयुक्तराज्य अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्की, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी उपस्थित थिए ।