Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


गत २४ घण्टामा १८ सय ६ जना सवारी चालक ट्राफिक प्रहरीकाे कारबाहीमा

१८ लाख ७६ हजार रूपैयाँ बढी राजस्व संकलन

0
Shares

काठमाडौं । गत २४ घण्टामा एक हजार ८ सय ६ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जसबाट राज्यकोषमा १८ लाख ७६ हजार ५ सय ४ राजस्व दाखिला भएको जनाएकाे हाे । मादक पदार्थ सेवन गरेको ७७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ६२, ट्राफिक संकेत उल्लङ्घनकर्ता १ सय ६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ८८ जनालाई कारबाही गरिएको प्रहरीले जनाएकाे छ ।

त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८४, निषेधित क्षेत्रमा हर्न बजाउने ३९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ७७, एकतर्फी सडकमा सवारी चलाउने १ सय ११ र अन्य सवारी नियम पालना नगरेका १ हजार ६२ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले बताएकाे हाे ।