Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


आगामी वर्षको बजेटमा आर्थिक विकासका लागि उच्च विन्दुमा ल्याउँदैछाैं : मन्त्री श्रेष्ठ


117
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराज भक्त श्रेष्ठले आगामी वर्षको बजेट आर्थिक विकासका लागि प्रस्थान विन्दुका रुपमा आउने बताउनुभएको छ ।

बिजमाण्डूले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा ऊर्जामन्त्री श्रेष्ठले सरकारसँग स्रोत सीमित भए पनि नीति तथा कार्यक्रम र बजेट आर्थिक विकासको प्रस्थान विन्दुका रुपमा आउने बताउनुभएको हो।

उहाँले भन्नुभयो, ‘अपेक्षा धेरै छ। तर स्रोत साधन सीमित छ। त्यसो भनेर हामीलाई छुट छैन। नीति तथा कार्यक्रम र बजेट आर्थिक विकासको प्रस्थान विन्दुका रुपमा आउनेछ,’ ‘नयाँ आयोजना थप्ने काम मात्र हुँदैन। भइरहेकै आयोजनालाई प्राथमिकता दिने सोचेका छौं।’ उहाँको भनाइ छ।

कार्यक्रम मन्त्री श्रेष्ठले पुराना र लामो समयदेखि रुग्ण रहेका आयोजनाको दायित्व भुक्तानीमा चुनौती रहेको बताउनुभयो।
त्यस्तै विद्युत खपत र निर्यात रणनीतिमा सरकारले गृहकार्य गरिरहेको जानकारी दिँदै मन्त्री श्रेष्ठले जलविद्युतमा सर्वसाधारणको लगानी सुरक्षित गर्नतिर पनि सरकारले ध्यान दिने बताउँदै सरकारको स्वामित्वमा आउने जलविद्युत आयोजनाको भौतिक र प्राविधिक गुणस्तरको मापदण्ड तयार गरी छुट्टै कम्पनी मार्फत त्यसको व्यवस्थापन गर्ने विषयमा गृहकार्य भइरहेको बताउनुभयो ।