Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो


130
Shares

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा पुगेको छ। बजार सामान्य अंकले उकालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

यसदिन २ अर्ब ९३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बुधबार ३ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको थियो। कुल ३३४ कम्पनीका ६६ लाख ८४ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्।

कारोबारमा १५५ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ। स्वावलम्बन लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १२.१९ प्रतिशतले बढेर प्रतिकित्ता ८१० रुपैयाँ पुगेको छ। यस्तै, श्रीजनशील लघुवित्तको मूल्य ४.२९ प्रतिशतले वृद्धि भई १४८२ रुपैयाँ कायम भएको छ।

यता, फरवार्ड माइक्रोफाइनान्सको सेयर मूल्य सर्वाधिक १३.२४ प्रतिशतले घटेको छ भने अपर लोहोरे खोला हाइड्रोपावरको मूल्य ९.१२ प्रतिशतले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर अग्रस्थानमा रह्यो। कम्पनीको १७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रोमा नेसनल हाइड्रोपावर रहेको छ, जसको १४ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भयो।

समूहगत परिसूचकमध्ये १३ मध्ये ८ समूह उकालो लागेका छन् भने व्यापार समूह सर्वाधिक १.५७ प्रतिशतले बढेको छ।