Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


रातो मत्स्येन्द्रनाथको रथ आगामी असार ३ गते जावलाखेल तानिने


0
Shares

काठमाडाैं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आगामी असार ३ गते जावलाखेलतर्फ तानिने भएको छ ।

ज्योतिषी महेश मङ्गल जोशीले मत्स्येन्द्रनाथको ‘पश्चिम यात्रा’ का लागि असार ३ गते तृतीया तिथिको शुभ साइत तय भएको बताउनुभएकाे हाे । हाल ललितपुरको लगनखेलस्थित थटीटोलमा रहेको रथलाई सोही दिनको साइतमा जावलाखेल पुर्‍याइनेछ ।

परम्परागत विधिअनुसार ज्योतिषी जोशीले साइत हेरेर मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने मिति सुनिश्चित गर्नुभयाे । जावलाखेल पुगेको चौथो दिनमा ऐतिहासिक भोटो देखाउने जात्रा सम्पन्न हुने प्रचलन रहेको छ ।