काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गरेकाे छ ।
भारतकाे दिल्लीमा मंगलबार राति भएकाे भएकाे खेलमा टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले ७ विकेट गुमाएर १ सय ५५ रन बनाएको हाे। दिल्लीले दिएको १ सय ५६ रनको लक्ष्य चेन्नईले १७ ओभर ३ बलमा २ विकेट गुमाएर भेट्टायो ।
चेन्नईका सञ्जु सामसनले ५२ बलमा अविजित ८७ रन बनाए । अंक तालिकामा चेन्नई १० खेलमा १० अङ्कका साथ तालिकाको छैठाैं स्थानमा छ । दिल्ली समान १० खेलमा ८ अंकका साथ तालिकाको सातौं स्थानमा रहेकाे हाे ।
आईपीएल क्रिकेटमा बुधबार राति पौने ८ बजेदेखि सनराईजर्स हैदरावाद र पञ्जाव किङ्ग्सबीच प्रतिस्पर्धा हुने भएकाे छ ।










प्रतिक्रिया दिनुहोस्