इलाम, असोज ११ । महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका बागवानी संकायका विद्यार्थीले क्याम्पस प्रमुखसहित कर्मचारीलाई बिहीबार कार्यकक्षभित्रै थुनेका छन् ।
प्रशासनको लापरबाहीका कारण आफ्नो भविष्य अन्योलमा परेको भन्दै आक्रोशित विद्यार्थीले क्याम्पस प्रमुख र कर्मचारीलाई थुनेका हुन् ।
विद्यार्थीहरुले पढ्न पाउने मौलिक हक क्याम्पसले नियोजितरुपमा हनन् गरेको आरोप लगाएका छन् । उनीहरुले एक घन्टा तालाबन्दी गरेका हुन् ।
क्याम्पस प्रशासनसँग बारम्बार छलफल गर्दा पनि आफ्ना मागप्रति प्रशासन मौन रहेको भन्दै तालाबन्दी गरिएको विद्यार्थी मनीष लिम्बूले बताए ।
बागवानी संकायबाट निश्चित मापदन्ड पुगेका विद्यार्थीले लोकसेवा आयोगमार्फत् जागिरमा भिड्न पाउनुपर्ने, कृषि विश्वविद्यालयमा पाठ्यक्रम पुगेका सम्पूर्ण विषयमा स्नातकोत्तर अध्ययन गर्न पाउनुपर्नेलगायतका माग विद्यार्थीको छ ।
कर्मचारीहरुले भने बिनाजानकारी आफूहरुलाई थुनिएको भन्दै आपत्ति जनाएका छन् ।





प्रतिक्रिया दिनुहोस्