Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


चीनको एक आतसबाजी कारखानामा भीषण विस्फोट हुँदा २१ जनाको निधन, ६१ घाइते


299
Shares

एजेन्सी। चीनको हुनान प्रान्तस्थित एउटा आतसबाजी कारखानामा भएको भीषण विस्फोटमा परी २१ जनाको मृत्यु भएको छ ।

साेही घटनामा ६१ जना घाइते भएका हुन् । चिनियाँ सरकारी सञ्चारमाध्यमले लिउयाङ शहरमा रहेको हुवासेङ पटाका तथा आतसबाजी उद्योगमा विस्फोट भएको जनाएकाे छ । शक्तिशाली विस्फोटपछि कारखानाको ३ किलोमिटर वरपरका सबै बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको हाे।

उद्धारका लागि झण्डै ५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । भवनभित्र फसेकाहरूको खोजी गर्न अत्याधुनिक रोबोटहरूको समेत प्रयोग गरिएको हाे। उद्धारका क्रममा थप दुर्घटना हुन नदिन उक्त क्षेत्रमा पानी छर्कने कार्य समेत गरिएको छ । यसैबीच, चिनियाँ राष्ट्रपति सी जिनपिङले बेपत्ता भएकाहरूको खोजी र घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयाे ।

राष्ट्रपति जिनपिङले घटनाको गहन अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न समेत आग्रह गर्नुभएको छ । प्रहरीले सम्बन्धित कम्पनीका जिम्मेवार व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अगाडि बढाएको बताएको छ ।