काठमाडाैं ।
सामसुङ नेपालले ‘रेमिटमा बेनिफिट’ नामक विशेष उपभोक्ता अभियान औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र उनीहरूका परिवारलाई सम्मान गर्दै उनीहरूको रेमिट्यान्सलाई जीवनस्तर सुधार गर्ने अर्थपूर्ण अवसरमा रूपान्तरण गर्ने उद्देश्यले याे अभियान सुरु गर्न लागिएकाे कम्पनीले जनाएकाे छ ।
रेमिट्यान्स केवल आर्थिक मूल्य मात्र नभई त्याग, आकांक्षा र जिम्मेवारीको प्रतीक हो भन्ने बुझाइमा आधारित भएर सामसुङले यो अभियानमार्फत आकांक्षा र पहुँचबीचको दूरी कम गर्ने लक्ष्य राखेको छ ।
यस्ता छन् अफरहरू
१. स्मार्टफोन, सामसुङ टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा अधिकतम ६५ प्रतिशत सम्म क्यासब्याक ।
२. एनसेल रिचार्जमा अधिकतम १८० जीबी बोनस डेटा ।
३. २४ महिनासम्मको ईएमआई सुविधा ।
कम्पनीले ल्याएकाे सुविधाले परिवारहरूको मासिक किस्ता भारलाई उल्लेखनीय रूपमा घटाउँदै सामसुङका प्रिमियम तथा गुणस्तरीय उत्पादनमा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
यो अभियानलाई आईएमई रेमिट, खल्ती, एनसेल, एचएफएल, हिम इलेक्ट्राेनिक्स र त्रिवेणी व्यापार लिमिटेडजस्ता प्रमुख साझेदारहरूसँगको रणनीतिक सहकार्यले थप मजबुत बनाइएको छ । यसले देशभरिका ग्राहकहरूका लागि पहुँच, किफायती र कनेक्टिभिटीलाई अझ प्रभावकारी बनाउने एकीकृत प्रणाली निर्माण गरेको कम्पनीकाे दाबी छ ।
उक्त अफर लन्चको अवसरमा सामसुङ नेपालका वरिष्ठ निर्देशक प्रणय रत्न स्थापितले रेमिट्यानस् केवल आर्थिक सहयोग मात्र नभई यो विदेशमा काम गर्ने लाखौँ नेपालीहरूको आशा र आकांक्षाको प्रतिविम्ब भएकाे बताएका छन् ।
अफर उपयोग गर्ने प्रक्रिया
१. आईएमई रेमिटमार्फत रेमिट्यान्स प्राप्त गर्नुहोस् ।
२. आईएमई कन्ट्रोल नम्बरसहित स्टोरमा जानुहोस् ।
३. इच्छित डिभाइस छनोट गरी एचएफएलमार्फत ऋण आवेदन दिनुहोस् ।
४. सामसुङ स्मार्टफोन खरिद गर्दा एनसेल प्याक लिनुहोस् र बोनस प्राप्त गर्नुहोस् ।
५. खल्तीमार्फत योग्य क्यासब्याक प्राप्त गर्नुहोस् ।










प्रतिक्रिया दिनुहोस्