Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


दीपक भट्टलाई उपस्थित गराउन सर्वोच्चको आदेश


806
Shares

काठमाडाैं । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले सोमबार उक्त आदेश जारी गरेको हो।

भट्टको हकमा उनकी श्रीमती आयुष्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ। साथै, बन्दीलाई समेत अदालतमा उपस्थित गराउन आदेश दिइएको हो।

अदालतले जारी गरेको आदेशसँगै उक्त मुद्दा थप सुनुवाइका लागि अघि बढ्ने भएको छ।