Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सुदूरपश्चिमसहित-५ प्रदशेमा आज वर्षा र हिमपात हुँदै


962
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै नेपालको दक्षिणतिर अवस्थित पूर्वदेखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखाको समेत प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

साेमबार बिहान मधेश प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । साथै तराई भू-भागमा आंशिक बादल लागेको हाे । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा भईरहेको महाशाखाले जनाएकाे छ ।

त्यस्तै, सोमबार दिउँसाे भने देशैभर साधारणतया बादल लाग्ने भएकाे हाे। सुदूरपश्चिम, लुम्बिनी प्रदेश र बाँकी तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्ग-हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, साेमबार राति देशैभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली-सुदूरपश्चिम र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्ग हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको हाे। लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ।