Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


आर्थिक संघमा प्रा. डा. प्याकुर्याल


39
Shares

काठमाडौं ।
नेपाल आर्थिक संघको ३६औँ वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । प्रा. डा. विश्वम्भर प्याकुर्याल सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष प्रा. डा. प्याकुर्यालले संघ स्थापना भएयताका चुनौतीहरूको स्मरण गर्दै हालका वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा विविध कार्यक्रम सञ्चालन गरी संघले आफ्नो उपस्थिति सुदृढ बनाएको उल्लेख गर्नुभयो ।

निकट भविष्यमा प्रदेशस्तरमा नीतिगत छलफलका कार्यक्रम विस्तार गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो । उपाध्यक्ष पदमा डा. पोषराज पाण्डे र प्रा. डा. गोविन्द नेपाल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । महासचिवमा डा. गोपाल प्रसाद तिवारी निर्वाचित हुनुभयो ।

सचिव पदमा डा. खोमराज खरेल निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा प्रा. डा. शान्ता सिंह चयन हुनुभएको छ ।