
डीबी विष्ट
बझाङ, असार ७ । लाखौंको लगानीमा सेती नदीका निर्माण गरिएका काठेपुलहरु बाढीले बगाएपछि सेती पारीको भूभाग यातायात सम्पर्कविहीन भएको छ ।
सेती नदी पारीका भूभागलाई सडक संजालस“ग जोड्न स्थानीय तहले लाखौं खर्च गरेर निर्माण गरेका काठेपुल ४ महिना नपुग्दै सेतीले बगाएको हो ।
‘दुईचार महिना सुविधा पाएका यहाँका स्थानीयहरु अहिले पुरानै अवस्थामा फर्किएका छन्,’ मष्टा गाउ“पालिकाका प्रशान्त कठायतले भने, ‘वर्षेनि पैसामात्र बगाउँछन् । बर्षभरी गाडी चढ्न कहिल्यै पाइने होइन ।’
मष्टा गाउ“पालिकाले झण्डै २५ लाख खर्च गरेर सम्देउ र कपडे भन्ने ठाउ“मा दुईवटा काठेपुल निर्माण गरेको थियो । दुबै पुल संचालन भएको ४ महिना नबित्दै सेती नदीले बगाएको छ ।
मष्टामात्र नभई तल्कोट गाउ“पालिकाले सेती नदीको रुपातोला भन्ने ठाउ“मा र थलारा गाउ“पालिकाकाले झनाना भन्ने ठाउ“मा बनाएका काठे पुल पनि बैशाख महिनामै नदीले बगाई सकेको छ । यी सबै पुल निर्माणको लागि स्थानीय तहले ५२ लाख रुपैयाँभन्दा बढी खर्च गरेका थिए ।
बझाङका स्थानीय तहहरुले प्रत्येक हिउ“दमा सेती नदीमा अस्थायी पुल बनाउनका लागि प्रतिश्पर्धा नै गर्ने गरेका छन् । यस्ता पुलमा मंसिरदेखि वैशाखसम्म मात्र गाडी चल्छ ।
नदीमा पानीको बहाव बढ्ने बित्तिकै जुनसुकै बेला पनि पुल बगाएर लैजान्छ । थलारा गाउ“पालिकाले पुसको अन्तिम साता उदघाटन गरेको पुल चैत अन्तिम मै सेतीले बगाई सकेको थियो ।
पक्की पुल बनेन
अस्थायी पुलका लागी स्थानीय तह र अन्य विभिन्न निकायबाट बर्षेनि लाखौं रुपैयाँ खर्च हुने गरेको छ । अर्काेतिर सेतीपारीको भूगोललाई यातायात संजालमा जोड्नका लागि भनेर ठेक्का लगाइएका पक्की पुल समय गुज्रिसक्दा पनि बन्न सकेका छैनन् ।
सदरमुकाम चैनपुर नजिकै रहेको पानकोटमा निर्माण हुन थालेको पक्की पुल अहिलेसम्म बन्न सकेको छैन । यस्तै तमेल र झनानामा निर्माण गर्न लागेका पक्की पुलको काम समेत अलपत्र अवस्थामा छ ।
जिल्ला समन्वय समितिको खर्चमा पानकोटमा निमार्णाधिन पुलको ठेक्का अवधी गत असारमा सकिएको थियो । जागृति निर्माण सेवाले जिम्मा लिएको यस पुलको निर्माण सम्पन्न गर्नका लागि जिल्ला समन्वय समितिले ६ महिना म्याद थप गरे पनि सो अवधीभित्र समेत काम सम्पन्न हुन सकेन ।
सेती नदी कै तमैलमा निर्माणाधिन पुल तीन वर्षभित्र सम्पन्न गर्ने शर्तमा केएच कन्स्ट््रक्सन प्रालिले ठेक्का प्राप्त गरेको थियो । ठेक्काको अवधी ०७५ साल पुस मसान्तमा सकिदैंछ । ११ करोड २५ लाख लागतमा निर्माण हुने यस पुलको काम हालसम्म पनि सुरु हुन सकेको छैन ।
यस्तै तल्कोट गाउँपालिकाको देवसैन भन्ने स्थानमा सेती नदीमा निर्माण हुनु पर्ने मोटरपुलको ठेक्का २०६८ सालमा स्विकृत भएको थियो । याक्थुहाङ निर्माण सेवा प्रालिले जिम्मा लिएको सो पुलको कुनै पनि काम हालसम्म सुरु हुन सकेको छैन । यद्यपी कम्पनीले प्रत्येक वर्ष ठेक्का भने नविकरण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्