काठमाडौं । हाल नेपालमा पश्चिमी, स्थानीय वायू र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै पूर्वदेखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखा नेपालको पूर्वीभू-भागको नजिक रहेको मौसम पूर्वानुमान माशाखाले जनाएको हो।
आइतबार बिहान कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । साथै बाँकी भू-भागमा आंशिक बादल लागेको हो। बागमती,गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, आइतबार दिउँसो भने देशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र देशको तराई भू-भागमा आंशिक बादल लाग्ने भएको हो। देशको पहाडी तथा हिमाली र मधेश-कोशी प्रदेशको तराईको केही स्थानहरूमा भू-भागमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आइतबार राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी कर्णाली, सुदूरपश्चिम प्रदेशको केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गहावाहुरी-असिनासहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको हो। लुम्बिनी प्रदेशको पहाडी भू-भागको केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्