Logo ७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026


राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश


2.5k
Shares

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले एकैचोटि तीन अध्यादेश जारी गरेका छन्।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपतिले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन्।

विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेशहरू जारी गरेका हुन्।

सरकारले ६ वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलेले यसअघि नै सहकारीसम्बन्धी अध्यादेश, सार्वजनिक खरिद सम्बन्धि अध्यादेश र सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी गरिसकेका छन्।