Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


बेदाग सशस्त्र प्रहरी बलको नेतृत्वबाट अवकाशमा राजु अर्याल


624
Shares

काठमाडाैं । २०५८ सालमा मुलुकको सबै भन्दा कान्छो सुरक्षा संगठनमा स्थानान्तरण भएर जाँदै गर्दा मुलुकका द्धन्द चरममा थियो ।

नेपाल प्रहरीले ठूलो क्षति व्यहोरे पनि राजाले माओवादीविरुद्ध सेना परिचालन गर्न अस्विकार गरेपछि स्थापना भएको थियो सशस्त्र प्रहरी बल नेपाल । नेपाल प्रहरीमा निरीक्षक पदमा भर्ना भए पनि माओवा दद्धीसँग लडनकै लागि सशस्त्र प्रहरी बलमा स्थानान्तरण भए जाने मध्यका एक थिए राजु अर्याल ।

२०५४ सालमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भए पनि सशस्त्र प्रहरी बलमा जाँदा एक तह बढुवा सहित डिएसपी भएर उनै अर्यालले २०७९ साल वैशाख १९ गते संगठनको नेतृत्व सम्हाल्ने अवसर पाएका थिए । सशस्त्र द्धन्ददेखि गणतन्त्र र जेनजी आन्दोलनसम्म मुलुकमा देखिएका सबै सुरक्षा परिस्थितिको साक्षि बन्दै अर्याल चार वर्ष सशस्त्र प्रहरी बलको नेतृत्व सम्हालेर अवकाशमा जानु भएको हो ।

आफ्नो चार वर्षे कार्यकालमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालमाथि कुनै प्रश्न उठेन । काठमाडौंकै स्थायी बासीन्दा अर्यालले आफ्नो चार वर्षे कार्याकालमा सबै भन्दा बढी संगठनभित्रका फौजको वृद्धिविकासमा सबै भन्दा बढी काम गरे । संगठनमा १८ वर्ष सम्म एउटै पदमा रहनुपर्ने परिस्थितिको अन्त्य गर्दै उनले संगठन तथा व्यवस्थापन सर्वेक्षेण गर्दै बढुवा गराएका थिए । चार वर्षे कार्याकालमा संगठनभित्र राजनीतिक पहुँचका आधारमा हुँदै आएको सरुवा बढुवालाई पूर्वानुमान गर्न सक्ने प्रणाली बनाएका छन । जसलाई निरन्तरता दिनुपर्नेछ । संगठनलाई चलायमान बनाउन चार वर्ष अर्यालले ३७ हजार मध्य करिब २६ हजार ४ सय ७७ जनाको सरुवा भएका थिए भने ५ हजार ५९ जना नयाँ नियुक्त भएका छन्।

सीमा सुरक्षा:

सीमा सुरक्षाका लागि अर्यालले सबै भन्दा बढी मेहेनत गरेका थिए । उनले यस अघिको सरकारको नेतृत्वमा रहेकाहरुलाई नेपालको सीमा क्षेत्रको सुरक्षाका लागि आफनो रणनीति र योजनाको खाकानै प्रस्तुत गरेका थिए । ३७ सय ५७ सीमा स्तम्भको निर्माण र मर्मत गरिएको छ भने ३ सय ८८ सिसिक्यामेरामा सीमा क्षेत्रमा जडान गरिएको हाे । त्यस्तै, भारत चीन दुवै तर्फ गरेर ३२ वटा सीमा सुरक्षाका लागि बोडर आउट पोष्ट स्थापना गरिएको छ । प्रति विद्रोह र प्रति आतकंकवाद सम्बन्धि तालिमहरु संगठनभित्रै दिन थालिएको हाे ।

सबै भन्दा बढी विपद् उद्धारमा खटिने संगठन भएकाले उच्च र हिमाली क्षेत्रमा हुने विपद्का लागि मनाङमा शिक्षालयनै स्थापना भएको छ । सीमा सुरक्षामा सशस्त्रलाई प्रविधि उपलब्ध गराउनु पर्ने उनको जोड छ । त्यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा सशस्त्र प्रहरी बलले सीमा सुरक्षाका क्रममा नियन्त्रणमा लिएका व्यक्तिलाई भौगोलिक हिसाबले पनि तत्काल सम्बन्धित निकायमा बुझाउन कठिन हुने भएकाले पक्राउ गरेर प्रतिवेदनसहित बुझाउन पाउने अधिकार कानुनमा दिनु पर्ने प्रस्ताव गरेको हाे । विषेश गरेर सीमा सुरक्षा सम्बन्धि रेकर्ड राख्न पनि आफूले नियन्त्रणमा लिएका व्यक्तिहरुलाई सम्बन्धित निकायमा बुझाउँदा प्रतिवेदनसहित दिनुपर्ने सशस्त्रको आग्रह छ । डिजिटल बोर्डर अवधारणा कार्यान्वयनमा लैजाने योजना सरकारमा पेश भइसकेको छ ।

सशस्त्र प्रहरी बलका महानिरीक्षकका रुपमा आर्याले आफनो वीरगति प्राप्तका परिवार र अवकाश प्राप्तहरुलाई परिचयपत्र दिएका छन् । कर्मचारीका अपांग सन्ततिहरुलाई राहत , भत्ता , आवश र कर्जामा वृद्धि गरेका गराएका हुन । सशस्त्र प्रहरी बलको अस्पताल १ सय १० शैयाबाट ३ सय शैयामा पुगेको छ । कर्मचारीको जोखिम भत्ता वृद्धि गरेका हुन ।

जेनजी आन्दोलनमा सबै सुरक्षा संयन्त्र असफल भएको भन्दा बाहेक राजु आर्यालमाथि कुनै प्रश्न उठेन । विषेश गरेर संगठनभित्र राजनीतिक हस्तक्षेप कम गर्न उनले आफनो नियन्त्रणमा राखेका थिए । गलत गर्नेलाई आफैंले कारबाहीको दायरामा ल्याए । तर राजनीतिक स्वार्स्थमा प्रयोग हुन दिएनन् । सुरक्षा संगठनलाई बलियो र प्रभावकारी बनाउन सके मात्रै मुलुकको आन्तरिक सुरक्षा तथा नागरिकको सुरक्षा र सुशासन कायम हुन सक्ने सन्देशसहित करिब २९ वर्षको सेवाबाट शुक्रबारबाट अवकाशमा गएका छन् ।

यहि वैशाख १९ गतेदेखि अर्यालकै ब्याजी नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बलको नेतृत्व सम्हाल्दै छन् । मुलुकभित्र बढदै गएको सुरक्षा जटिलता, सीमा सुरक्षा संगठनभित्र न्यायोचित व्यवहार र आर्थिक अनुशासनका लागि पौडेलले कसरी काम गर्नेछन हेर्न बाँकीनै छ । ३० वर्ष कायमै रहे पौडेलको कार्याकाल करिब २३ महिनाको हुने भएकाे छ ।