Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


ह्वात्तै बढ्याे सुनचाँदीको मूल्य


0
Shares

काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।

बिहीबार तोलामा एक हजार आठ सय रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला तीन हजार चार सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार एक सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बिहीबार प्रतितोला चार हजार आठ सय १० रूपैयाँमा कारोबार भएको थिययाे । तर शुक्रबार चाँदी तोलामा चार हजार नौ सय ४५ रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य बिहीबारको तुलनामा प्रतितोला एक सय ३५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस चार हजार ६ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।