Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सार्वजनिक खरिद अध्यादेश जारी, अरु अझै होल्ड


0
Shares

काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ वटा मध्ये दुई अध्यादेश स्वीकृत गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद र सहकारी समस्या समाधान सम्बन्धी अध्यादेश जारी गर्नुभएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले आजै सहकारीसम्बन्धी अध्यादेश पनि जारी गर्नुभएको थियो ।

सरकारले संवैधानिक परिषद्, विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान, केही नेपाल ऐन संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेश पनि राष्ट्रपति कार्यालयमा पठाएको छ ।

राष्ट्रपति पौडेलले अध्ययन भईरहेको भन्दै ती अध्यादेश होल्ड गर्नुभएको हो । अध्ययनका लागि भन्दै अध्यादेशहरु होल्ड गर्नुभएका पौडेलले आज केही संविधानविद्हरुसँग छलफल गर्नुभएको छ ।