Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


फेरि भूँमरीमा कांग्रेस (भिडियाे रिपोर्ट)


0
Shares

काठमाडौं ।
नेपाली कांग्रेस फेरि विवादमा भुँमरीमा फसेको छ ।

राष्ट्रियसभा सदस्य कृष्ण सिटौलाको पद खोसिएपछि पार्टीभित्र नयाँ विवाद उत्पन्न भएको छ ।

विशेष महाधिवेशन र निर्वाचन मत परिणामको विषयमा केही मत्थर भएको विवाद सिटौला प्रकरणपछि थप पेचिलो बनेको छ । सिटौलाको पद खोसिएपछि संस्थापन र इतर पक्ष थप आमनेसामने हुने अवस्थामा पुगेका छन् । एक रिपोर्ट ।

यतिबेला मुलुकको सबैभन्दा बढी झमेलामा फसेको कोही दल छ भने त्यो हो, नेपाली कांग्रेस । कहिले विशेष महाधिवेशन त कहिले निर्वाचन परिणाम यी सबै विषयले पार्टीभित्र खैलाबैलाको स्थिति बनाइरहेको छ । पछिल्लो समय यी दुबै विवाद साम्य भइसकेका छन् ।

यी विवाद साम्य भएपनि पार्टीभित्र थप अर्को विवादले तरंग नै ल्याएको छ । कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलाको पद खोसेपछि पार्टीभित्र थप विवाद उत्पन्न भएको छ । विशेष महाधिवेशनको विपक्षमा रहेका सिटौला शेरबहादुर देउवा समूहका बैठक र भेलाहरुमा सहभागी भइरहेका थिए ।

विशेष महाधिवेशनको विपक्षमा रहेका सिटौलालाई हटाएर पार्टीले महाधिवेशनको पक्षमा रहेकी कमला पन्तलाई सो जिम्मेवारी दिएको छ । यस्तो भएपछि पार्टीभित्र थप किचलो बढेको छ ।