काठमाडाैं । रोल्पामा जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
रोल्पाको जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्रामा पूजा गर्न रुकुम पूर्वबाट तीर्थयात्री बोकेर गएको जीप बिहीबार दिउँसो दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
थबाङ गाउँपालिका–१, जलजलास्थित सडकखण्डबाट जीप भीरमा खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । प्रहरीका अनुसार, जीप करिब ८०० मिटर तल खसेको छ । थप विवरण आउन बाँकी छ ।










प्रतिक्रिया दिनुहोस्