पाेखरा । ३० औँ राष्ट्रिय चिया दिवसको अवसरमा भएको टि टेस्टङ प्रतियोगितामा गण्डकी प्रदेश, बागलुङ जिल्लामा अवस्थित गोल्डेन टि ईस्टेट प्राली, ताराखोला गाँउपालीका -१ शिरूवारीको २ वटा चियाले प्रथम स्थान हासिल गरेको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा भएको ३० औँ राष्ट्रिय चिया दिवसको मुल समारोहमा विजेताहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । जम्मा चार क्याटागोरीमा भएको चियाको स्वाद परिक्षण प्रतियोगितामा दुई क्याटागोरीमा प्रथम भएको हो ।
ग्रिनिस अर्थोडक्स, गोल्डेन टि, ह्वाईट टि र ग्रिन टि क्याटागोरीमा मध्ये ग्रिनिस अर्थोडक्स र गोल्डेन टि प्रथम भएको हो । नेपालभरीका ४५ चिया उद्योगका १२० चियाका नमुनाको अर्गानोलेप्टिक टेष्ट गरिएको थियो ।भारतका वरिष्ठ टि टेस्टर कौषिक भट्टाचार्य र डेविड जोनसन साथै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका वरिष्ठ चिया प्राविधिक नविन कोइरालले चिया परिक्षण गरेका थिए ।
स्वादाबाट गरिने चिया परिक्षणमा सुख्खा चियाको रूप, बासना, तातोपानी डुबाईसकेपछिको रूप र बासना र स्वादलाई इन्द्रियहरूको माध्यमबाट अनुभुति गर्ने गरिन्छ । समुद्री सतहबाट २२०० देखि २४०० मिटरमा फैलिएको चिया बगानबाट उत्पादित चिया गुणस्तरमा अब्बल सावित भएको हो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा भएको ३० औँ राष्ट्रिय चिया दिवसको मुल समारोहमा विजेताहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । बोर्डका कार्यकारी निर्देशक फाइन्द्र राज पाण्डेको अध्यक्षतामा सम्मन्न कार्यक्रममा चिया क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, चिया उद्योगी, चिया किसान र चिया पारखीहरूको सहभागीता रहेको थियो ।
गोल्डेन टि इस्टेट प्रा.लिले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा यसै चिया सिजनबाट व्यवसायिक उत्पादन थालेको हो । गण्डकी प्रदेशो चिया उत्कृष्ट हुँदा थप उत्साह र जिम्मेबारी बढेको क्षेत्रीय कार्यालय पोखराका प्रमुख चन्द्र पुरीले बताएका छन् ।
विविध समस्याहरूको बाबजुद बोर्डको सहयोगमा चिया प्रशोधन शुरू गरी चियाको गुणस्तर अब्बल सावित हुँदा हौसला बढेको गोल्डेन टि इस्टेट प्रालीका अध्यक्ष सरोज दाहालले बताएका छन् । उनले यस संस्थाको अध्यक्षको रूपमा अझ बढी जिम्मेवार भएको अनुभूति गरेको र आगामी दिनहरूमा अझ समर्पण, निष्ठा र प्रतिबद्धताका साथ अघि बढ्ने दृढ अठोट व्यक्त गरेका छन् ।
चिया सेवनबाट शरिरलाई सन्तुष्टि भए झैँ यो सफलताले त्यो सन्तुष्टि हामीले प्राप्त गरेको बताएका छन्रा । ष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका प्राविधिक नगेन्द्र सुबेदीले पहाडि क्षेत्रमा चिनिया जातको चिया खेति गरिने जसबाट अर्थोडक्स, ग्रिन टि लगायतका चिया प्रशोधन गर्न सकिने बताए । गण्डकी प्रदेशमा बागलुङ सँगै कास्की र लमजुङमा पनि व्यवसायिक चिया खेति रहेको बोर्डसँग तथ्यांक रहेको छ ।










प्रतिक्रिया दिनुहोस्