Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


पूर्वगृहमन्त्री गुरुङमाथि छानविन चाँडै हुन्छ : सभापति लामिछाने


39
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथी छिट्टै छानविन गर्ने बताएका छन् ।

बुधवार बसेको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले छानविन प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिएका हुन् । गुरुङले नै आफूमाथी छानविनको माग गरेको उनले बताए । उनकाअनुसार कुन प्रक्रियाबाट छानविन गर्ने भन्ने विषय भने टुंगो लागेको छैन ।

उनले भने, ‘छानविनको प्रक्रिया चाँडै शुरु हुन्छ,त्यो कस्तो प्रकारको हुन्छ भन्ने तपाईहरुले जानकारी पाईहाल्नु हुन्छ, उनले अहिले नैतिकता देखाएर, म माथी प्रश्न उठेको हुनाले छानविन गरियोस् नै भनेका छन् । उनीमाथि छानविन हुन्छ, कुन प्रक्रिया बाट छानविन गर्ने भन्ने छ, चाँडै छानविन हुन्छ ।’

विवादीत व्यवसायी दीपक भट्टसंग अनुचित कारोबार लागेको आरोप लागेपछि गुरुङले गृहमन्त्रीबाट राजिनामा दिएका थिए ।