Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


सरकार अन्ततः दुर्घटनामा पर्ने खतरा: सभापति थापा

अध्यादेशमार्फत शासन गर्न खोजेर सरकारले संसद र नागरिकलाई हेपेको आरोप

0
Shares

काठमाडाैं । नेपाली काग्रेसका सभापति गगन थापाले सरकार अन्ततः दुर्घटनामा पर्ने खतरा रहेको बताउनुभएको छ ।

निर्वाचनपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र सर्लाही जाने क्रममा बुधबार उहाँले अध्यादेशमार्फत शासन गर्न खोजेर सरकारले संसद र नागरिकलाई हेपेको आरोप लगाउनुभएकाे हाे । उहाँले आफ्नै पार्टीको बहुमत भएको संसदप्रति सरकारकै अविश्वास रहेको बताउनुभयाे । उहाँले नागरिकलाई कुनै जानकारी दिनुपर्ने नियतबाट सरकार संचालनमा रहनु अलोकतान्त्रिक भएको टिप्पणी गर्नुभएकाे छ ।

संवैधानिक परिषदको बनाेटमा यस अघि पनि सरकारले चलखेल गरेको र अहिले अनुकूलताको समयमा पनि प्रतिपक्षसँग सल्लाह नगरी आफूखुशी चलेको सभापति थापाको आरोप छ । कांग्रेस आफै ब्यापक सुधारको पक्षमा रहेको र यहि आधारमा चुनावमा गएको बताउदै उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिपक्षसँग संवाद नगरेर हेपाहा प्रवृत्ति देखाएको जिकिर गर्नुभयो ।