काठमाडाैं । वीरगञ्ज भन्सार कार्यालयमा मंगलबारदेखि भन्सार जाँचपास रोकिएको छ ।
भन्सार विन्दुमा आउने सामान तथा स्वदेशमा उत्पादन हुने सामानमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लगाउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न खोज्दा व्यापारीहरुले जाँचपास रोकेका हुन् । सरकारले गत चैत २६ गते सूचना निकालेर भन्सार विन्दुमा आउने सामान तथा स्वदेशी उत्पादनमा अनिवार्य रूपमा एमआरपी लागू गर्ने निर्णय गरेको थियो ।
कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले व्यापारी तथा व्यवसायीले सरकारले तोके अनुसार एमआरपी नल्याएपछि मंगलबार भन्सार जाँचपासको काम आंशिक रूपमा अवरुद्ध भएको जानकारी दिनुभएकाे छ। वीरगञ्ज भन्सारमा औसतमा दैनिक ५० देखि ६० करोड राजस्व संकलन हुने गरेको छ ।
यसैबीच, वीरगञ्ज उद्योग वाणिज्य संघले अनिवार्य रूपमा एमआरपी लागू गर्ने निर्णयलाई एकपक्षिय र अव्यवहारिक भन्दै विरोध गरेको हाे । संघका अध्यक्ष हरिप्रसाद गौतमले एकाएक एमआरपी लागू गर्न सम्भव नभएको र यसले आयात तथा आन्तरिक बजारमा नकारात्मक प्रभाव पार्ने बताउनुभयो ।











प्रतिक्रिया दिनुहोस्