काठमाडाैं । पोर्चुगलकी उपविदेशमन्त्री डा. आना इसाबेल जेभियर नेपालको तीन दिने भ्रमणको लागि बुधबार नेपाल आउनुहुने भएकाे छ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणमा उहाँ नेपाल आउन लाग्नुभएको हो । पोर्चुगल सरकारको विदेश मामिला तथा सहयोग सचिव समेत रहनुभएकी जेभियर शुक्रबारसम्म नेपालमा रहनुहुने भएकाे छ। नेपाल भ्रमणका क्रममा उहाँले बिहीबार परराष्ट्र सचिव राईसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने भएकाे हाे । बिहीबारै उहाँले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भेटवार्ताको क्रममा दुवै पक्षले द्विपक्षीय हित र सम्बन्धको समीक्षा गर्ने मन्त्रालयले जनाएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्