काठमाडाैं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिकहाँ सिफारिस गरेकोमा विरोध जनाएको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले आज वक्तव्य जारी गर्दै सरकार शक्ति केन्द्रीकरणतर्फ लागेको आरोप लगाउनु भएको छ । सदनमा स्पष्ट बहुमत हुँदाहुँदै बारम्बार अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरणतर्फको खतरनाक संकेत हो भन्ने कांग्रेसको ठहर रहेको चालिसेले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
‘यस प्रकारको अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाको दृष्टिले अत्यन्त आपत्तिजनक छ । “यो केवल प्रक्रियागत त्रुटि नभई व्यवस्थापिकाको विधायकी अधिकारमाथि कार्यपालिकाको स्पष्ट अतिक्रमण हो,’ चालिसेले वक्तव्यमा उल्लेख छ ।
यस्तो प्रवृत्तिले विधिको शासनको आधारभूत मर्मलाई कमजोर बनाउने र सरकारको संसद्प्रतिको अविश्वासलाई उजागर गर्ने पनि उनको जिकीर छ ।










प्रतिक्रिया दिनुहोस्