Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु


429
Shares

काठमाडौं ।

टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

ठमेलको पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री ठमेलमा डेरा गरी बस्ने बारा निजगढ नगरपालिका–१३ का ४० वर्षीय किरण घलानको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका घलानको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।