Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


काठमाडौं उपत्यकामा अतिक्रमित बस्ती हटाउने अभियान जारी

हालसम्म १९ सय ६१ घरटहरा भत्काइयो, १० हजार ३ सय बढी प्रभावित

754
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका अतिक्रमित बस्ती हटाउने अभियान अन्तर्गत साेमबारसम्म १ हजार ९ सय ६१ वटा घरटहरा भत्काइएको छ ।

नेपाल प्रहरीले थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका घरटहरा बत्काईएको जनाएकाे हाे। प्रहरीले कूल भत्काइएका घरमध्ये ५ सय ७८ वटा पक्की र १ हजार ३ सय ८३ वटा कच्ची टहरा रहेकाे बताएकाे छ। थापाथली क्षेत्रमा रहेका १ सय ४३ वटा कच्ची घरटहरा सबै भत्काइएको छ भने गैरीगाउँमा २ सय ८५ मध्ये २ सय ८४ वटा पक्की घर र ५ सय ९३ वटा कच्ची घरटहरा पूर्णरूपमा हटाइएको हाे ।

त्यस्तै, मनोहरा काठमाडौंतर्फ रहेका २ वटा पक्की र १ सय १९ वटा कच्ची घरटहरा सबै भत्काइएको छ । मनोहरा भक्तपुरतर्फ भने २ सय ९२ वटा पक्की र ५ सय १८ वटा कच्ची घरटहरा पूर्णरूपमा हटाइएको प्रहरीले जनाएको हाे । घरटहरा भत्काउने कार्यबाट कूल १० हजार ३ सय २० जना प्रभावित भएका छन् ।

प्रभावितमध्ये ३ हजार १ सय ३३ महिला, ३ हजार १ सय ६७ पुरुष, १ हजार ५ सय ८ बालक र १ हजार ७ सय ६ जना बालिका रहेकाे प्रहरीले जनाएकाे हाे ।