काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
मंगलबार बिहान मौसमको अवस्थास्हाल देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल बादल लागेको हाे । साथै बाँकी भू-भागमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कासम्मको पानी परिरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।
त्यस्तै, मंगलबार दिउँसो भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। कोशी, बागमती, गण्डकी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
त्यस्तै, मंगलबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । तराईका भू-भागमा भने आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको छ।
कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागको केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित भारी वर्षा-हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।










प्रतिक्रिया दिनुहोस्