Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


अर्थ मन्त्रालय र एडीबीबीच ऋण संझौतामा हस्तक्षर


299
Shares

काठमाडाैं ।
अर्थ मन्त्रालय र एसियाली विकास बैंक (एडीबी) बीच ‘डिजिटल नेपाल ट्रान्सफर्मेसन’ परियोजना कार्यान्वयनका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

आज मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका कन्ट्री डाइरेक्टर आर्नो कोश्वाबीच सम्झौतापत्र आदानप्रदान गरिएको हो ।

करिब १० मिलियन अमेरिकी डलर अर्थात झण्डै १३ अर्ब २३ करोड रुपैयाँ लगानी हुने यो परियोजनाले सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’, ई–गभर्नेन्स ब्लुप्रिन्ट तथा सोह्रौँ योजनालाई प्रत्यक्ष सहयोग गर्ने अपेक्षा गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार सहुलियतपूर्ण ऋण स्वीकार गरिएको यो परियोजनाले डिजिटल सार्वजनिक पूर्वाधार सुदृढीकरण, प्राथमिक सरकारी सेवाको आधुनिकीकरण र डिजिटल इकोसिस्टम विस्तार गर्ने लक्ष्य राखेको छ ।

विश्वबैंक र एडीबीको संयुक्त सहवित्तीयकरणमा सञ्चालन हुने यस परियोजनामार्फत सुरक्षित डाटा पूर्वाधार निर्माण, सरकारी सेवाको डिजिटलाइजेसन तथा दुर्गम क्षेत्रमा डिजिटल पहुँच विस्तार गरिने मन्त्रालयले जनाएको छ ।