Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


नदी किनारामा रहेका सुकुम्बासी बस्ती हटाउने क्रम जारी


312
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको नदी किनारा क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाउने क्रम जारी रहेको छ ।

सरकारले सुकुम्बासी हटाउने क्रमलाई सोमवार पनि जारी राखेको हो । सोमवार गरिगाउँ र मनोहरा नदी किनार क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा डोजर लगाइएको छ ।

सरकारले शनिवारबाट सुकुम्वासी बस्ती हटाउन शुरु गरेको थियो । काठमाडौंको थापाथली, गैरीगाउँ र मनोहरा किनार क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाएर त्यहाँ बसोबास गर्दै आएका परिवारलाई दशरथ रंगशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा राखि विवरण टिप्ने तथा स्क्रिनिङको कार्य पनि सँगै भइरहेको छ ।

स्क्रिनिङपछि वास्तविक सुकुम्बासीको पहिचान गरि उनीहरूलाई शहरी विकास मन्त्रालय तथा मातहतका निकायहरूले व्यवस्था गरेका विभिन्न स्थानका भवनहरूमा खाने–बस्ने सुविधासहित अस्थायी रूपमा स्थानान्तरण गरिने जनाइएको छ ।

सरकारले नदी किनार तथा सार्वजनिक जग्गामा बनेका अव्यवस्थित बस्ती हटाउने अभियानअन्तर्गत शनिवार र आईतवार थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्ती हटाएको थियो भने हटाउन बाँकी रहेको क्षेत्रहरुमा सोमबार पनि हटाउने कार्य जारी राखेको छ ।