एजेन्सी । घानाका राष्ट्रपति जोन ड्रमानी महामाले देशको राष्ट्रिय कृत्रिम बुद्धिमत्ता रणनीति सार्वजनिक गर्नुभएकाे छ।
उहाँले साेही क्षेत्रको विकासलाई तीब्रता दिन २७ करोड अमेरिकी डलर विनियोजन गर्ने घोषणा गर्नुभएको हाे । राष्ट्रपति महामाले यो लगानी महत्त्वपूर्ण पूर्वाधारको विकास र रणनीतिका अन्य पक्षहरूको कार्यान्वयनमा खर्च गरिने बताउनुभयो । जसले घानालाई अफ्रिकाको प्रमुख डिजिटल नवाचार केन्द्रको रूपमा स्थापित गर्नेछ । उहाँले यस वर्ष वान मिलियन कोडर्स प्रोग्रामअन्तर्गत ३ लाख घानावासीहरूलाई तालिम दिइने बताउनुभयो ।
जसमार्फत देशैभर डिजिटल र कृत्रिम बुद्धिमत्ता सीपहरू निर्माण गर्ने प्रयास गरिनेछ। यो कार्यक्रम युवा घानावासीहरूलाई ठूलो स्तरमा व्यावहारिक डिजिटल र सीपहरू प्रदान गर्न र साथै नवाचार र उद्यमशीलतालाई प्रवद्र्धन गर्न डिजाइन गरिएको हो ।
युनेस्कोका देश प्रतिनिधि एडमन्ड मुकालाले घाना सरकारको यस पहलको प्रशंसा गर्नुभएकाे छ।










प्रतिक्रिया दिनुहोस्