Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


फेरि बढ्याे सुनचाँदीको मूल्य


923
Shares

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य फेरि बढेको छ।

गत शुक्रबार तोलामा दुई हजार दुई सय रूपैयाँले घटेको सुनको मूल्य आइतबार भने प्रतितोला दुई हजार सात सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला दुई लाख ९९ हजार दुई सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला चार हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा चार हजार नौ सय ९५ रूपैयाँमा काराेबार भइरहेको महासंघले जनाएकाे हाे। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला ५० रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस चार हजार सात सय नौ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।